दफा ६०५
धनीको स्वीकृति बिना वस्तु बिक्री गर्न सक्नेः

(१) कुनै वस्तु ढुवानी गर्ने क्रममा विपद् परी वा दुर्घटना भई त्यस्तो वस्तु निर्धारित समयभित्र गन्तव्यमा पुर्याउन नसकेमा त्यस्तो वस्तु नष्ट हुने वा त्यसको मूल्य वा गुणस्तर सारवान रूपमा घट्ने भएमा ढुवानी गर्ने व्यक्तिले त्यस्तो वस्तु धनीको स्वीकृति बिना पनि बिक्री गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बिक्री गरेकोमा ढुवानीकर्ताले त्यसरी प्राप्त भएको रकम त्यस्तो वस्तु धनीलाई भुक्तानी गर्नु पर्नेछ ।